Skip to main content

Nirvik Khabar

सेना र प्रहरीलाई खाना पकाउने ग्यास बेच्न दिने तयारी

Advertisements
Single Page Long - 2

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास बिक्री गर्न दिने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। शुक्रबार संसद्को विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले यसबारे जानकारी दिएका हुन्।

मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुनेगरी व्यवस्था मिलाउन लागिएको उनको भनाइ थियो। ‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्,’ सचिव तामाङले भने, ‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ।’

पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक–दुई वटा आउटलेट भएदेखि राज्यलाई आपत् पर्दा सहज हुने गरी आवश्यक तयारी भएको उनले बताए। ग्यासको पनि सम्भावित अभावलाई मध्यनजर गर्दै त्यससम्बन्धी प्रबन्ध मिलाउन लागेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस