शिला शर्मा, पर्वत
काठमाडौं आइयो, पढियो बोर्ड एक्जाम आउँदै थियो,
त्यसपछि केके गर्छु मन चखमन्न रमाउँदै थियो,
सबैले अब के गर्ने ? प्रश्न सोध्न थाल्नु अघि,
यता मनले ब्याचलर अफ ईन्जिनियरिङ् गाथा गाउँदै थियो ।
बोर्ड एक्जाम पनि दिइयो;
मस्तिष्क एकै बाटो हिँड्न मानेन,
एकै पोल्टा पसी त्यहि भिड्न मानेन।
साथी कन्सल्टेन्सीमा देख्दा उतै धाउन मन लाग्ने,
घरमा आई.ओ.इ बुक हेर्दा यतै आउन मन लाग्ने,
दोधार दोधारमै एउटै पाटो विश्वास नलागेर,
दुवै सफलता एकैपल्ट पाउन मन लाग्ने ।
डुङ्गा दुई, गन्तव्य एक खुट्टा गल्न थाल्यो,
सानातिना रुचि यात्रामै केही बल्न थाल्यो,
उता ग्रामर मिस्टेकमा गूगल हेर्ने बानीले,
यता एडिसनमा पनि क्याल्कुलेटर चल्न थाल्यो ।
कक्षा १२ को रिजल्ट आयो;
मिहिनेत, मार्कशीटमा नउत्रिदा लागेको दाग,
बल्ल यति ल्याई भन्दै चिच्याइरहेको समाज।
जान्दाजान्दै लुकेको ज्ञानले मन पोल्न थाल्यो,
पारदर्शी आफैसँग नभएझै गुनासो आफैमा बोल्न थाल्यो,
एकमन खत्तम भयो भनि निरास हुँदै गर्दा,
अर्को आशासहित सफलताको मार्ग खोल्न थाल्यो ।
यत्तिकैमा नेपाल पढ्ने मनै मरेको थियो,
आई.ओ.इ कुरेका बा कि छोरीको मनमा विदेश परेको थियो,
एउटा मक टेस्ट मा सय(१००) कटेपछि मात्रै,
झिनो आशा पुल्चोकको बल्लै झरेको थियो ।
अझैपनि मन एकतृत थिएन,
यतै व्याचलर पढ्ने कडा अठोट लिएन।
कसैले केही भनिहाले खिसाएझै लाग्ने,
आफैसँग आफू भित्रै रिसाएझै लाग्ने,
उता भिसा ग्रान्ट देख्दा साथीको फोटोमाथि ,
आफ्नो भबिस्यमा नर्क आफै मिसाएझै लाग्ने ।
आई.ओ.ई.- इंस्टीट्यूट अफ ईन्जिनियरिङ् ;
परीक्षा सर्दा पढ्ने मनै मर्याथ्यो,
यहाँ बसेर उभो लगिन्न झनै पर्याथ्यो।
टि.यु. को काम दिक्कै लाग्ने सबै ढिलो भो,
इन्ट्रान्स दिने व्याकअप राख्ने यतै विधो भो,
पास लिस्टमा आफ्नो नाम देखेपछि मात्रै,
सरकारी क्याम्पसमै ईन्जिनियरिङ् सक्ने बल्लै निधो भो ।

































Discussion about this post