पाल्पामा पहिरोले पुरिएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी छोरी अन्दाजी वर्ष १७ कि दिना घर्तीमगर र छिमेकी मोलिलाल घर्तीकी छोरी अन्दाजी वर्ष १५ कि झरना घर्तीको शव फेला परेको हो।
जेसीवीको सहायताले फेला परेका तीनवटै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।आइतबार बिहान गएको पहिरोले घर बगाउँदा उनीहरू बेपत्ता भएका थिए। यस्तै, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा परेर मृत्यु भएको थियो।


































Discussion about this post