Skip to main content

Nirvik Khabar

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

Advertisements
Single Page Long - 2

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शर्माले मंगलबार वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी विशेष महाधिवेशनबाट कांग्रेसको उपसभापति बनेका थिए।

शर्माको उम्मेदवारी वरिष्ठ उपसभापति पदमै रहेको झापाका नेता उद्धव थापाले जानकारी दिए। शर्माले आफ्नो उम्मेदवारीका लागि प्रस्तावक र समर्थकसमेत पूर्वेली नेताहरूलाई रोजेका छन्।यसअघि कांग्रेसमा वरिष्ठ उपसभापति पदको व्यवस्था थिएन। विधान संशोधन गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको हो। उक्त पद विश्वप्रकाश शर्मालाई लक्षित गरेर सिर्जना गरिएको चर्चा कांग्रेसभित्र चल्दै आएको थियो।

कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा अन्य नेताहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्। तर वरिष्ठ उपसभापति पदमा अहिलेसम्म शर्माबाहेक अरू कसैले उम्मेदवारी दर्ता गराएको वा नगराएको स्पष्ट भइसकेको छैन। कांग्रेसले महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस