चितवन — नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ प्रविन देवकोटा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। सोमबार भएको प्रतिनिधि निर्वाचनको मङ्गलबार साँझ घोषित मत परिणाम अनुसार देवकोटा २२७ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उक्त क्लस्टरबाट खुल्ला युवातर्फ प्रविन देवकोटा र उमङ्ग लोहनी केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन्। उमङ्ग लोहनीले ३६७ मत प्राप्त गरे। ११ जना प्रतिस्पर्धी मैदानमा रहेको सो क्लस्टरमा अन्य उम्मेदवारहरू सिजन भट्ट (१७६), सागर सुवेदी (१७३), अमृत मिश्र (१५९), विकास भट्ट (१४३), दिनेश तामाङ (१३४), दिवस ढकाल (८०) र तीर्थराज अधिकारीले ७६ मत प्राप्त गरेका थिए।
चितवनको माडी स्थायी घर भएका देवकोटा लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। वि.सं. २०६४ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) को साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका उनले खैरहनी मावि स्कुल कमिटी सचिव, २०७३ मा नेविसंघ जिल्ला सदस्य र २०८२ देखि नेविसंघ चितवनको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्।
नेपाली कांग्रेसभित्र नयाँ सोच, युवा ऊर्जा र पुस्तान्तरणको बहस चलिरहेका बेला निर्वाचित देवकोटाले पार्टीलाई प्रविधिमैत्री, जीवन्त र जनमुखी बनाउन अग्रजको अनुभव र युवाको ऊर्जालाई एकीकृत गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
































Discussion about this post