Nirvik Khabar

प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक

Advertisements
Single Page Long - 2

काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक भएको छ। गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका हुन् ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियाेमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको भिडियो प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडियाेमा प्रकाश सपुतले नै निर्देशन रहेकाे छ ।

केही अगाडि सपुतले गीतसंगीतको माध्यमबाट यो वर्ष जातीय विभेदविरुद्ध काम गर्ने बताएका थिए। यो गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरुद्ध आवाज उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस