काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् ।
कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क समेत गरेका हुन् । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उहाँको निष्कर्ष थियो ।
सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे ।
उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहो¥याए ।संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उहाँले औंल्याए ।
उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटि देखाएर गल्ती आफूले गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताए ।भारतीय संविधान निर्माता अम्बेडकरको भनाई उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरीहरु आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने बताए ।


































Discussion about this post