Nirvik Khabar

नवलपुरमा झ्याप्प- झ्याप्प बिजुली गएपछि युवासंघ रिसायाे, प्राधिकरणलाइ ध्यानाकर्षण

Advertisements
Single Page Long - 2

नवलपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपुरले अनियमित विधुत्त कटौतीको विरोध गर्दै आज विधुत्त प्राधिकरण कावासोती वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।

कावासोतीबाट वितरण हुने विद्युत प्रवाह सम्बन्धमा नवलपुर निवासी सेवाग्राहीलाई विना जानकारी न हावाहुरी, न पानी, न चट्याङ परेको अवस्थामा पनि बारम्बार लाईन काटेर जनतालाई सास्ती दिने काम गरेको भन्दै यस्ता कार्य तत्काल बन्द गर्न जोडदार माग गरिएको छ ।

बारम्बार लाईन काट्नुको कारण सहित सेवाग्राहीलाई तत्काल कारण जानकारी दिन पनि अनुरोध गर्दै लाईन काट्नु विद्युत प्राधिकरणको वाध्यता हो भने तत्काल लोडसेडिङ तालिका सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस