Skip to main content

Nirvik Khabar

ठमेलबाट १५ करोडको कोकेनसहित भारतीय र कोरियाली नागरिक पक्राउ

Advertisements
Single Page Long - 2

लागूऔषध कोकेनसहित काठमाडौंको ठमेलबाट भारतीय र कोरियाली नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषधि नियन्त्रण ब्युरोको टोलीले ठमेलस्थित एक होटलबाट कोरियाली नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दिपक उत्तम वाघमारेलाई पक्राउ गरेको हो। उनीहरूबाट तीन किलोग्राम कोकेन बरामद गरिएको ब्युरोको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले बताए।

एसपी रेग्मीका अनुसार, कोरियाली नागरिक लीले पेरुबाट कोकेन ल्याउने गरेको पाइएको छ। त्यसपछि भारतीय नागरिक दिपकले काठमाडौंबाट मुम्बई पुर्‍याउने गरेको अनुसन्धानमा पाइएको उनले बताए। यसपटक कोरियाली नागरिक ली एक साताअघि पेरुबाट स्पेनको म्याड्रिड हुँदै कतारको दोहाबाट काठमाडौं आएको पाइएको छ। चार महिनाअघि पनि उनी काठमाडौं आएर तीन दिन बसेको पाइएको एसपी रेग्मीले जानकारी दिए।

पक्राउ परेका भारतीय नागरिक दिपकसँग स्टेट रिजर्भ पोलिस फोर्स मुम्बईको कार्ड पनि फेला परेको छ।उनीहरूबाट बरादम गरिएइको कोकेनको मूल्य प्रतिकेजी ५० लाखका दरले १५ करोड रहेको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस