काठमाडौँ । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले अधिकांश भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा भने आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भेगमा आंशिक बदली रहने र बाँकी क्षेत्रको मौसम सफा रहनेछ। यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहने तथा अन्य स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।
बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। हाल पनि ती क्षेत्रका कतिपय स्थानमा हुस्सु लागिरहेको छ।


































Discussion about this post