चितवन । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षयकोषमा रकम संकलन गरेको छ । चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न, जेहेन्दर तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले २०७५ सालमा सुरु गरिएको अक्षयकोषमा संघले लक्ष्य अनुसार १० लाख सात हजार ६८० रुपैयाँ रकम संकलन गरेको आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
यस कोषमा देउसीभैलो कार्यक्रम तथा देश विदेशबाट प्राप्त आर्थिक सहयोग प्राप्त गरिएको मगर विद्यार्थी अक्षयकोष चितवनका अध्यक्ष निर्मल थापामगरले जानकारी दिए । यस रकमबाट शैक्षिक गुणस्तर, व्यक्तित्व, आत्मविश्वास, सिप र प्रतिभाको विकास गराउँदै देशको समग्र विकास र समृद्धिमा मगरहरुको योगदान पु¥याउने विश्वास उनको छ । कोषलाई सञ्चालन गर्नका लागि मगर विद्यार्थी अक्षयकोष सञ्चालन निर्देशिका २०७६ तयार गरिएको छ ।
कोषबाट हालसम्म २३१ जना विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम मार्फत सहयोग समेत गरिएको उनले जानकारी दिए । कोषबाट आठ वर्षमा शैक्षिक सामग्री, उत्कृष्ट विद्यार्थी सम्मान, छात्रवृत्ति वितरण, जीवनोपयोगी सिपसम्बन्धि प्रशिक्षणसहितको कार्यक्रममा दुई लाख २० हजार ४७७ रुपैयाँ रकम खर्च भएको उनको भनाइ छ । कोषमार्फत विशेषगरी एसइई र कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र गरिब विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको उनले बताए । साथै विभिन्न विद्यालयमा स्टेशनगरी समेत वितरण गरिएको छ ।
नेपाल मगर विद्यार्थी संघले अक्षकोष मार्फत मगर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानसँगै उत्तीर्ण मगर विद्यार्थीलाई नगद सहित एजुकेशन अवार्डद्वारा सम्मानित गर्ने, विपन्न, जेहेन्दार तथा मेधावी विद्यार्थीहरुलाई शैक्षिक सामग्री एवं आर्थिक सहयोग प्रदान गर्ने भावी योजना लिएको छ । मगर भाषा, कला संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि मगर विद्यार्थी लक्षित कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।


































Discussion about this post