Skip to main content

Nirvik Khabar

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

Advertisements
Single Page Long - 2

 नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस