नवलपरासी पश्चिममा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक एक युवकको मृत्यु भएको छ। पाल्हीनन्दन गाउँपालिका- २ हरपुरमा यूपी ५७ बीपी ४१६२ नम्बरको भारतीय मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा भारतको कुशीनगर जिल्ला रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहान रहेका छन्।
मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल राना घाइते भएका छन्। घाइते चौहानको सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुवै युवकको भैरहवामै उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

































Discussion about this post