Nirvik Khabar

कतारको ग्यास प्लान्टमा ठुलो विस्फोट, १८ जना बेपत्ता, ५४ घाइते

Advertisements
Single Page Long - 2

कतारको रास लाफान औद्योगिक सहरमा रहेको ग्यास प्लान्टमा ठुलो विस्फोट भएको छ। जसमा परी ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। कतारका अधिकारीहरूका अनुसार रास लाफान औद्योगिक सहरमा भीषण आगलागीपछि विस्फोट भएको हो। अहिले आगो नियन्त्रणमा आएको छ।

कतारको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी विस्फोटमा ५४ जना घाइते भएको र १८ जना बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको बताएको छ।मन्त्रालयका अनुसार विस्फोट ‘प्राविधिक दुर्घटना’का कारण भएको हो। सार्वजनिक सुरक्षामा खतरा हुने कुनै ग्यास चुहावट भएको थिएन।

गृह मन्त्रालयले भनेको छ, ‘कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह, नागरिक सुरक्षा टोलीहरूसँग मिलेर बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ।’कतारको घरेलु बजारमा ग्यास आपूर्ति गर्ने प्लान्टमा विस्फोटबाट कुनै क्षति भएको छ कि छैन भन्ने कुरा उल्लेख गरिएको छैन।यसैबिच एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएअनुसार विस्फोटको ठुलो आवाज राजधानी दोहामा पनि सुनिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस