नेपालमा फस्टाउदै गएको डिजिटल मिडियाको उद्योगमा नयाँ आयाम बोकेर आएको यस निर्भीक खबर बैशाख ३० गतेबाट तेस्रो बर्षमा प्रबेश गरेको छ । निर्भीक खबर प्रालिद्वारा सञ्चालित यस निर्भीक खबरले संविधानको कार्यान्वयन, यसको रक्षा, समावेशी समाजको निर्माण, सुशासन र लोकतन्त्रको पक्षमा समाचार सम्प्रेषण गरिरहेको छ । भ्रष्टाचार, दुराचार, अन्याय र अत्याचारजन्य गतिविधि जसले समाजको विकासमा बाधा पुर्याइरहेका छन् त्यस्ता कृयाकलापको खोजमुलक रिपोर्ट सम्प्रेषण गरिरहेको छौँ । सत्य र न्यायको लडाईमा सधै सतिसाल बनेर उभिइरहने हाम्रो अडान कायमै छ ।
नितिगत रुपमा नभएपनि चौथो अंगको रुपमा मानिएको सञ्चार क्षेत्रले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आभाष हुन्छ । मुलुक संघीयतामा गइसकेपछि महत्वपूर्ण संरचनाको रुपमा रहेको स्थानीय तह प्रतिपक्षविहिन हुन्छन् र पछिल्लो तथ्याङ्कले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको देखाएको छ । हामी त्यस्ता गतिविधीको खुलेर विरोध गरिरहेका छौँ र त्यस्ता समाचारलाई प्राथमिकताका साथ पाठक माझ पुर्याइरहेका छौँ । चितवन जस्तो देशकै मध्यभागमा स्थापित भएर पुर्ब मेची देखी पश्चीम महाकाली सम्म निरन्तर सूचना र समाचार दिईरहने हाम्रो काम पूर्ण जिम्मेवारीका साथ वहन गरिरहेका छौं ।
समाचार सधै तथ्य र सत्य हुनुपर्छ भन्ने ध्येयका साथ निरन्तर खबरदारी गरिरहेका छौं । कठिन समयमा पनि पाठक र दर्शकमाझ पुग्न सक्नुनै हाम्रो सफलता हो । बढ्दो प्रविधीको प्रयोग संगै हामीहरु पनि डिजिटल माध्यामबाट सूचना,समाचार र खबरदारीहरु गरिनै रहेका छौ । हामीलाई यहाँसम्म आउन सहयोग र हौसला प्रदान गर्नुहुने प्रिय पाठकजन, विज्ञापनदाता, सम्पादन तथा व्यवस्थापन समूह र सम्पूर्ण शुभेच्छुकहरु प्रति आभार व्यक्त गर्दछौँ ।
–सम्पादकीय

































Discussion about this post