प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका गुरुङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। सुनिन्छ उक्त समितिले चोख्यायो रे! उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो,’ उनले भने। ‘एकातिर सुशासनको नारा अर्कोतिर आफनोलाई पुरस्कृत अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो। सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने।’
सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाए। सुशासनको गफ हाँक्ने सरकारले आफनालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ थियो। ‘अब क्रमभंगता र सुशासनको गफ हाँक्न छौडौँ। कि आफनालाई जोगाउने, पुरस्कृति गर्ने काम गर्नु भएन,’ उनले भने। सांसद खड्काले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याए।


































Discussion about this post