Nirvik Khabar

नेपाली महिला क्रिकेट टोलीले चीनलाई दियो ५१ रनको लक्ष्य

Advertisements
Single Page Long - 2
KLANG, MALAYSIA - MAY 27: Pictures from the match between Nepal and China during the Asian Games Qualifier Women's 2026 at Bayuemas Oval on May 27, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

जापानमा हुने एसियाली खेलकुदमा स्थान बनाउन नेपालले चीनलाई जितका लागि ५१ रनको लक्ष्य दिएको छ। मलेसियाको वायोमास ओभलमा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको योगफल तयार पारेको हो। एसियाली खेलकुदमा पुग्न जित्नैपर्ने दबाबमा रहेको खेलमा नेपाली टोली संघर्षपूर्ण अवस्थामा छ।आजको खेलमा चीनलाई हराउन नसके नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदबाट बाहिरिनेछ।

तेस्रो ओभरको खेल जारी रहँदा पानी परेपछि खेल ७ ओभरमा छोट्याइएको थियो। तेस्रो स्थानका लागि जारी खेलमा नेपाल सुरुवातबाटै चीनसँग दबाबमा परेको थियो। कविता कुँवर २२ र रुविना क्षेत्री ३ रनमा अविजित रहे। कविताले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन्।

कप्तान इन्दु बर्मा ११ रनमा क्याच आउट भइन्। उपकप्तान पूजा महतो दोस्रो ओभरमै १ रन बनाउँदा क्याच आउट भइन्।सम्झना खड्का ५ र रुवि पोडार शून्य रनमै आउट भए। सोनी पाख्रिन ५ रनमा रिटायर्ड आउट भइन्। चीन जवाफी ब्याटिङमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस