Nirvik Khabar

प्रधानन्यायाधीश सिफारिस गरिएको भोलिपल्टै मन्त्रिपरिषद् बैठक

Advertisements
Single Page Long - 2

आज (शुक्रबार) मन्त्रिपरिषद्‌को बैठक बस्दै छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार बैठक अब केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु हुनेछ। संवैधानिक परिषद्‌ले प्रधानन्यायाधीश सिफारिस गरेको भोलिपल्टै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक राखेका हुन्।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको छ।

पहिलो वरीयतामा रहेका कायमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरीयतामा रहेका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरीयतामा रहेका न्यायाधीश हरिप्रसाद फुयाललाई छाडेर चौथो नम्बरका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरिएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस