Nirvik Khabar

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

Advertisements
Single Page Long - 2

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ भएको खुलेको छ। पाटनको दरबार क्षेत्रमा बुधबार छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका सहोदर दाजुभाइको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो। ललितपुर जिल्ला प्रहरी परिसरका एसपी गाैतम मिश्रका अनुसार मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ का ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ छन्।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र नवलपरासीको गैँडाकोटका गगन सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले बुधबार दिउँसो नेम्बाङद्वयलाई छुरा प्रहार गरेका मिश्रले जानकारी दिए।  प्रहरीका अनुसार दुई दिनअघि नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो।

त्यसक्रममा उनीहरूबीच फोनमै विवाद भएको थियो। विवाद समाधानको लागि भन्दै सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।  इमाडोलबाट उनीहरू पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियार दाजुभाइमाथि प्रहार गरेका प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको  र केही बेरपछि घटना विवरण सार्वजनिक गरिने एसपी मिश्रले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस