Nirvik Khabar

चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए

Advertisements
Single Page Long - 2

 सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायबव उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बस्दै आएका ३१ वर्षीय आयन सेढाईंलाई पक्राउ गरिएको हो ।

उनको साथबाट सेल्फ लोडेड राइफल इन्सास एक थान र त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद भएको छ ।सादा पोसाकमा खटिएको प्रहरीले उनको साथबाट रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरोसमेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस