Nirvik Khabar

अमेरिकी राष्ट्रपति चुनावमा पोपको कस्लाई समर्थन?

Advertisements
Single Page Long - 2

आउँदै गरेको अमेरिकी राष्ट्रपतिको चुनावका बारेमा पोप फ्रान्सीसले आफ्नो धारणा सार्वजानिक गरेका छन्। क्याथोलिक धर्मगुरुले सिबीएस न्युजसँग कुरा गर्दै दुबैजनाको कडा आलोचना गरे। उनले दुबैजना मानवीय हीतको पक्षमा नरहेको आरोप लगाए।

सर्वोच्च धर्मगुरुलाई क्याथोलिक मतदाताले के गर्नुपर्छ जब एक उम्मेदवारले गर्भपतन अधिकारलाई समर्थन गर्छ भने अर्कोले लाखौं आप्रवासीहरूलाई निर्वासन गर्ने पक्षपाती रहेको अवस्थामा भन्दा पोपले दुवै जना जीवनको विपक्षमा रहेको बताए। उनले भने, ‘तिनीहरू दुबै जीवनको विपक्षी हुन्, एउटाले आप्रवासीलाई निकाल्ने कुरा गर्छ अर्कोले अर्को भ्रुण हत्याको कुरा गर्छ।’

ट्रम्प आप्रवासी नीतिमा पुनर्विचार गर्नु पर्ने पक्षमा रहँदा कमला ह्यारिस गर्भपतनको अधिकार नारीहरुको आफ्नो अधिकार भएको बताउँदै आएकी छिन्। पोपले मंगलबारको राष्ट्रपतीय बहसमा केन्द्रित दुई मुद्दाहरूका बारेमा पोपले भने ‘यो स्पष्ट हुनुपर्छ कि आप्रवासीहरूलाई लखेट्नु, तिनीहरूको काम गर्ने क्षमतालाई अस्वीकार गर्नु, तिनीहरूलाई स्वागत नगर्नु ठूलो पाप हो। यो निक गम्भीर छ।’

त्यस्तै उनले गर्भपतनलाई हत्याको संज्ञा दिए। उनले भने, ‘तपाईंलाई यो शब्द मनपरे पनि या नपरे पनि, यो एक हत्या हो। यो हत्या नै हो र यसमा हामी स्पष्ट हुनुपर्छ।’ उनले दुबै उम्मेदवारहरूलाई अस्वीकार गरेपनि अनुयायीहरूलाई मतदानमा सहभागी हुनबाट रोक्ने प्रयास नगरेको स्पष्ट गरे। उनले भने, ‘यद्यपि मतदान गर्नै पर्छ। उनले थपे ‘दुई खराब मध्ये कम खराबको छनोट गर्नु पर्छ। त्यो महिला होस् या पुरुष त्यो विषयमा म अनविज्ञ छु।’

पोपले अमेरिकामा क्याथोलिकहरूले मतदान गर्ने बेलामा आफ्नो विवेकको राम्रोसँग प्रयोग गर्नु पर्ने बताए। यो पहिलो पटक होइन कि पोपले राष्ट्रपतीय निर्वाचनमा आफ्नो अभिब्यक्ति दिएको । सन् २०१६ मा पनि उनले ट्रम्पको आप्रवासन सम्बन्धी अडानको निन्दा गरेका थिए। उनले त्यतिबेला पनि कुनै पनि व्यक्ति जसले ठूलो संख्यामा आप्रवासीहरूलाई निष्कासित गर्ने इच्छा देखाउँछ भने त्यो क्याथोलिक नहुने भनाइ राखेका थिए।

करिब ५२ मिलियन अमेरिकीहरूमा पाँच मध्ये एक क्याथोलिक भएको मानिन्छ। जसमध्ये २८ प्रतिशत हरेक हप्ता मिसामा सहभागी हुन्छन्। पछिल्ला दुई दशकहरूमा क्याथोलिकहरूको अनुपात घट्दै गएको बताइएको छ। तर यसले अझै देशको सबैभन्दा ठूलो एकल संप्रदायको प्रतिनिधित्व गर्दछ। क्याथोलिक समुदायको राजनीतिक शक्ति स्पष्ट छैन, परम्परागत रूपमा एक दृढ डेमोक्रेटिक समूह, अहिले यो विभाजित राष्ट्रलाई प्रतिबिम्बित गर्छ।

एक रिपोर्ट अनुसार सन् २०२२ को मध्यावधि चुनावमा ५६% ले रिपब्लिकनलाई मतदान गरे भने ४३% ले डेमोक्र्याटलाई समर्थन गरेका थिए। जबकि सन् २०२० मा ४९% ले डोनाल्ड ट्रम्पलाई र ५०% ले जो बाइडेनलाई समर्थन गरेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस