Nirvik Khabar

रोहितसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिबाना

Advertisements
Single Page Long - 2

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिबाना गरिएको छ । जारी टी–२० विश्वकप अन्तर्गतको खेलका क्रममा आईसीसीले सकिबले आइसीसीको नियम विपरीत व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिबाना गरेको हो ।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आईसीसीले सकिबले खेलको तेस्रो ओभरपछि रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउँदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।

त्यसपछि दुवै खेलाडीबीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहारबारे एम्पायरले सोही समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शान्टोलाई जानकारी गराएका थिए ।आइसीसीले जरिबानाको अलावा सकिबलाई एक डिमेरिट अंकसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस