Nirvik Khabar

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१२ मिडियामाथि कारबाही

Advertisements
Single Page Long - 2

काठमाडौँ। प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१२ वटा मिडियामाथि कारबाही गरेको छ। काउन्सिलका अनुसार कारबाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन्। यस्तै २९ जना पत्रकारलाई पनि कारबाही गरिएको काउन्सिलले जनाएको छ।

कारबाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ।प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारबाही गरेको हो।

निर्वाचन आयोगले मिडियाले निर्वाचन आचारसंहिता पालना गरेको वा नगरेको भन्ने अनुगमन गर्ने जिम्मेवारी काउन्सिललाई दिएको थियो। सोही अनुसार काउन्सिलले अनुगमन गरी कारबाही गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस