Nirvik Khabar

चितवनका पत्रकार पराजुलीको तेस्रो कृति `ड्रिमी आइज´ बजारमा

चितवन – चितवनका पत्रकार वसन्त पराजुलीको अंग्रेजी कृति `ड्रिमी आइज´ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भैसकेका छन् ।

कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाहरूको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको पराजुलीले बताए । कथालाई भरत भट्टराई र मिलि जोशीले अनुवाद गरेका हुन् ।

१७ वटा कथा समावेश ड्रिमी आइजको मूल्य ३९० रुपैयाँ छ । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले सार्वजनिक गरेको छ। गोरखापत्रका भरतपुर समाचारदाता रहेका पराजुलीले सामाजिक विषयवस्तुमा कथा लेख्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस