Nirvik Khabar

नेपाल भारतबीचको क्वाटरफाइनल शुरु, भारत ब्याटिङमा

काठमाडौं । नेपाल भारबीच पुरुष क्रिकेटको क्वाटरफाइनल खेल शुरु भएको छ । चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदको पहिलो क्वाटर फाइनलमा भारतले टस जितेर ब्याटिङ शुरु गरेको छ । टस हारेर नेपाल फिल्डिङमा छ । भारतले दुई ओभरमा २१ रन जोडेको छ । त्यस्तै भारतले छ ओभरमा ६२ रन जोडेको छ । ९ ओभरको खेलमा भारतले ९६ रन जोडेको छ ।

नेपालका तर्फबाट रोहितको कप्तानीमा १५ सदस्यीय टोली छन् । टोलीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन् ।

भारतका तर्फबाट २६ वर्षीय रुतुराज गायकवाडले भारतीय टोलीको कप्तानी गर्नेछन्। खेलमा यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम दुबे, प्रभसिमरन सिंह ( विकेट किपर), आकाश दीप रहेका छन् ।

एसियाडको पहिलो खेलमा नेपाललेले मङ्गोलियाविरुद्ध ३१४ रनको विशाल रन बनाएर टी- २० मा धेरै रनको रेकर्ड बनाएको छ । भने दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराएको छ । तर एसिया कप २०२३ मा भने नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस