Nirvik Khabar

माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश

received_2129529764081875

काठमाडौँ– चीनको हाङझाउमा जारी १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ ।नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस