Nirvik Khabar

इन्द्रजात्रा रौनक (३२ फोटो)

Advertisements
Single Page Long - 2

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रा स्थल वसन्तपुरमा पुगेका छन्। जुद्ध शमशेरको सालिकदेखि उनी हिँड्दै वसन्तपुर पुगेका हुन्।

जुद्ध शमशेरको सालिकबाट हनुमान ढोका तिर सवारी साधन लैजान काठमाडौँ महानगरले रोक पनि लगाएको छ। तर, धेरै भिडभाड हुने स्थानमा सवारीसाधन लैजाँदा नागरिकलाई सास्ती हुने भएकाले राष्ट्रपति पौडेल हिँडेर गएका राष्ट्रपतिको सचिवालयले जनाएको छ। इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर सहभागी भएको यो पहिलो पटक हो।

यसअघिका राष्ट्रपति र राजा गद्दी बैठक अघिसम्म नै गाडीमा जाने गरेका थिए। जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो। भाद्र शुक्ल द्वादशीका दिन मङ्गलवार बिहान हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो। आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ।

indra-jatra-2080-2023-ktm-metro.jpgindra-jatra-2080-2023-ktm-metro (2).jpgindra-jatra-2080-2023-ktm-metro (3).jpgindra-jatra-2080-2023-ktm-metro (4).jpgindra-jatra-2080-2023-ktm-metro (5).jpgindra-jatra-2080-2023-ktm-metro (6).jpgindra-jatra-2080-2023-ktm-metro (7).jpgindra-jatra-2080-2023-ktm-metro (8).jpgindra-jatra-2080-2023-ktm-metro (9).jpgindra-jatra-2080-2023-ktm-metro (10).jpgindra-jatra-2080-2023-ktm-metro (11).jpgindra-jatra-2080-2023-ktm-metro (12).jpgindra-jatra-2080-2023-ktm-metro (13).jpgindra-jatra-2080-2023-ktm-metro (14).jpgindra-jatra-2080-2023-ktm-metro (15).jpgindra-jatra-2080-2023-ktm-metro (16).jpgindra-jatra-2080-2023-ktm-metro (17).jpgindra-jatra-2080-2023-ktm-metro (18).jpgindra-jatra-2080-2023-ktm-metro (19).jpgindra-jatra-2080-2023-ktm-metro (20).jpgindra-jatra-2080-2023-ktm-metro (21).jpgindra-jatra-2080-2023-ktm-metro (22).jpgindra-jatra-2080-2023-ktm-metro (23).jpgindra-jatra-2080-2023-ktm-metro (24).jpgindra-jatra-2080-2023-ktm-metro (25).jpgindra-jatra-2080-2023-ktm-metro (26).jpgindra-jatra-2080-2023-ktm-metro (27).jpgindra-jatra-2080-2023-ktm-metro (28).jpgindra-jatra-2080-2023-ktm-metro (29).jpgindra-jatra-2080-2023-ktm-metro (30).jpgindra-jatra-2080-2023-ktm-metro (31).jpgindra-jatra-2080-2023-ktm-metro (32).jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस