Skip to main content

Nirvik Khabar

ग्राण्डीमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना

Advertisements
Single Page Long - 2

काठमाडौँ । क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेलेसंयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गे ।

सो अवसरमा अस्पतालका मेडिकल निर्देशक डा बिजुक्छेले क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज होस् भन्ने उद्देश्यले डट्स केन्द्र स्थापना गरिएको बताए ।

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिसीले टोखाले नगरपालिकाभित्रका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्करूपमा औषधि वितरण गर्दै आएको जानकारी दिए । “टोखाले निजी क्षेत्रबाट पहिलोपटक ग्राण्डी अस्पतालबाट क्षयरोगको औषधि वितरण सुरु गर्न लागेको हो, यसले टोखावासीलाई सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ”, उनले भने।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रेष्ठले सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने नीतिका साथ केन्द्रले काम गरिरहेको बताए । उनले छिट्टै काठमाडौँका अरु निजी अस्पतालमा समेत क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिने बताए ।

यस्तै क्षयरोगको औषधि टोखा नगरपालिकाले ग्राण्डी अस्पताललाई निःशुल्क उपलब्ध गराउने सम्बन्धमा नगरपालिका र अस्पतालबीच सम्झौतासमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस