Nirvik Khabar

एसओईको प्रवेश परीक्षामा नेपाल प्रथम भएका रोचकलाई अंकुरमको सम्मान

निर्भीक खबर
निर्भीक खबर

भरतपुरको अंकुरम एकेडेमीबाट कक्षा १२ उत्तिर्ण गरेका रोचक अधिकारी काठमाडौँ विश्वविद्यालयले लिने स्कुल अफ इन्जिनियरिङको  देशभरबाट पाँच हजार भन्दा बढी विद्यार्थी सहभागी  परीक्षामा एक हजार ६३७ सीबीटी स्कोर ल्याएर नेपाल प्रथम भएसंगै अंकुरम एकेडेमीले सम्मान गरेको छ । एकेडेमीले आज एक कार्यक्रम गर्दे उनलाई सम्मान गरेको हाे।

गोरखा स्थायी घर भएका रोचक भरतपुर बस्दै आएका थिय । उनले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई०ले लिने प्रवेश परीक्षा पनि दिने तयारी गरेका छन् । एसओईको प्रवेश परीक्षामा प्रथम भएर रोचकले अंकुरमको पनि नाम राखेको अंकुरमका प्रिन्सिपल सुमन पौडेलको भनाई रहेको छ ।

प्रवेश परीक्षा दिएपछि परीक्षा राम्रो भएको सोचे पनि नेपाल प्रथम नै हुन्छु भन्ने कुरा नसोचेको रोचकले बताए । आईओईको पनि प्रवेश परीक्षा दिएपछि कुन कलेजमा इन्जिनियरिङ पढ्ने भनेर तय गर्ने उनले बताए ।

कलेजले विद्यार्थीको गुणस्तरमा विश्वास गरेकाले रोचक जस्तो विद्यार्थी उत्पादन गर्नुसकेको कलेजका कार्यक्रम निर्देशक डा.आरएन धितालले बताए । अंकुरमले एसईईमा धेरै जीपीए ल्याउने विद्यार्थी नखोज्ने बरु मध्यम जीपीए ल्याएका विद्यार्थीलाई सृजनशील र क्षमतावान बनाउने उनको भनाई छ ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available