Nirvik Khabar

युरो छनोटमा डेनमार्क र नेदरल्याण्ड्स विजयी

, काठमाडौं । युरो २०२४ को छनोटअन्तर्गत आइतबार राति भएको खेलमा डेनमार्क र नेदरल्याण्ड्स विजयी भएका छन् ।समूह एचको खेलमा डेनमार्कले फिनल्याण्डलाई १-० ले हरायो । डेनमार्कका लागि पिएरे एमिल होएवर्गले ८६औं मिनेटमा विजयी गोल गरे ।

यस जितपछि डेनमार्कले अंकतालिकामा फिनल्याण्डलाई नै पछि पारेको छ ।६ खेलबाट डेनमार्क र स्लोभेनियाको समान १३ अंक छ । तर गोलअन्तरमा स्लोभेनिया अघि रहँदै शीर्ष स्थानमा छ भने डेनमार्क दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक रहेको फिनल्याण्ड तेस्रो स्थानमा छ ।

 

स्लोभेनियाले सानमारिनोलाई ४-० ले पराजित गरेको थियो ।यस्तै समूह बी अन्तर्गत खेलमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई २-१ ले पराजित गरेको छ । नेदरल्याण्ड्सले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

खेलको चौथो मिनेटमै एडम इडाहले पेनाल्टीमा गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए ।तर १९औं मिनेटमा नेदरल्याण्ड्सले पेनाल्टी पायो र डच टोलीका लागि कोडी गाक्पोले पेनाल्टीमा बराबरी गोल फर्काए । त्यसवछि वाउट वेघोर्स्टले ५६औं मिनेटमा नेदरल्याण्ड्सका लागि विजयी गोल गरे ।

जितपछि चार खेलबाट ९ अंक जोडेर नेदरल्याण्ड्स समूह बी को दोस्रो स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टरलाई ५-० ले हरायो । ९ अंक नै जोडेको ग्रीस तेस्रो स्थानमा छ ।समूह इ अन्तर्गतको खेलमा भने पोल्याण्ड अल्बानियासँग २-० ले पराजित भएको छ । अल्बानिया पाँच खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँच खेलबाट ६ अंक रहेको पोल्याण्ड चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस