Nirvik Khabar

रेडियो संकेतको आयोजनामा भदौ २९ गते बृहत तीज गीत प्रतियोगिता २०८० हुने

गैंडाकोट- नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा रेडियो संकेत ९३ मेघाहर्जले यो वर्ष पनि बृहततीज गीत प्रतियोगिता २०८० कार्यक्रम गर्ने भएको छ । नवलपुर जिल्लाभर बाटै सहभागिता आव्हान गर्दै भदौ २९ गते कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएको प्रतियोगिता लाई निरन्तरता दिदै यस वर्ष पनि तीज गीत प्रतियोगिता २०८० कार्यक्रम गर्न लागिएको रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारीले जानकारी दिएका छन ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १५,००० हजार , द्धितियलाई १०,००० हजार , तृतिय हुनेलाई ५,००० हजार र सान्त्वना ३००० नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस