Nirvik Khabar

नेपालले इतिहास रच्न सक्ने दिन, भारत सजग

काठमाडौँ । पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा जारी एसिया कप क्रिकेटको १६ औँ संस्करणमा आज नेपालले भारतसँग खेल्दैछ ।

खेल आज दिउँसो ३ः१५ बजेदेखि श्रीलंकाको पेल्लेकेले मैदानमा हुँदैछ । यो खेल जिते नेपालले इतिहास रच्नेछ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेलिरहेको हो । नेपाल विश्वका दुई पूर्व च्याम्पियनहरुसँग समूह चरणमा खेलिरहेको हो ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पाकिस्तान र भारतबीच शनिबार भएको खेल वर्षाले प्रभावित भइ पूरा हुन नसक्दा रद्द भएको थियो । दुवैले १–१ अंक बाँडेसँगै पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ ।

अब नेपाल र भारतबीच आजको खेलको नतिजाबाटै सुपर फोरमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।

यो खेलमा नेपाल विजयी भए विश्व क्रिकेटमा ठूलो फड्को मार्नेछ । पराजित भए पनि नेपालले सम्मानजनक खेल्दा विश्वको ध्यान खिच्नेछ ।

भारत भने दबाबमा हुनेछ । हालको वरीयताअनुसार विश्वकपको दुई पटकको विजेता भारत तेस्रो स्थानमा रहेको छ । नेपाल १५ औँ स्थानमा छ ।

नेपालले पहिलो पटक एसिया कप खेलिरहँदा भारतसँग पहिलो पटक खेल्दै गरेको हो ।

तर भारतको प्रतिष्ठा भने यो खेलमा गाँसिएको छ । यदि नेपालले यो खेल जित्यो भने अहिलेसम्मकै ठूलो सफलता हासिल गर्नेछ ।

नेपालले पाकिस्तानसँगको खेलमा शुरुआतमा सशक्त बलिङ गरेर पाकिस्तानलाई दबाबमा राख्न सफल भएको थियो । तर मध्यक्रमको ब्याटिङ चम्किएपछि पाकिस्तानले ३४२ रन बनाउन सकेको थियो । त्यसैगरी नेपालको ब्याटिङ भने निकै नै फितलो देखिएको थियो ।

पाकिस्तान विरुद्धको खेलका कमजोरी हटाएर मैदानमा प्रस्तुत हुने हो भने भारतसँग पनि टक्कर दिन सक्नेछ ।

यद्यपि श्रीलंकाको मौसम नै बिग्रिरहेकाले आजको खेल नतिजा आउनेमा शंका कायमै छ ।

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस