Nirvik Khabar

अक्सफोर्ड कलेजले दियो ४५ जना विद्यार्थीहरु लाई पूर्णछात्रवृति

गैँडाकोट- पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले ४५ जना विद्यार्थीहरुका लागि पूर्णछात्रवृतिको घोषणा गरेको छ । एसइइ परिक्षामा ३.८५ भन्दा बढी जिपीए ल्याएर उर्तिण भएका विद्यार्थीहरुमध्ये गरिव तथा जेहेन्दार ४५ जना विद्यार्थीहरुका लागि पूर्ण छात्रवृति उपलव्ध गराउने निर्णय भएको कलेजका प्राचार्य हरि भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञान संकायमा अध्ययन गर्न चाहने ४५ जना विद्यार्थीहरुका लागि पूर्ण छात्रवृति उपलव्ध गराउने छ । कक्षा ११ र १२ दुवैमा विद्यार्थीहरुले नि:शुल्क अध्ययन गर्न पाउनेछन् ।

कलेजको निशुल्क छात्रवृतिको घोषणाले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा अव्वल भएका विद्यार्थीहरुलाई ठुलो राहत मिल्ने कलेजका सहायक प्रचार्य तिलक पन्थीले बताउनुभयो । पूर्णछात्रवृतिको योजनामा सहभागि हुनका लागि कलेजले विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमी महानुभावहरुमा अनुरोध समेत गरेको छ ।

यसअघि एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि अक्सफोर्ड कलेजले निशुल्क ब्रिजकोर्ष र कम्प्युटर तालिम उपलव्ध गराएको थियो । कलेजले Bio Science, Computer Science,Hotel Management, Pure Management, Mass Media र Law मा कक्षा सञ्चालन गर्दै आएको छ ।

कलेजले गत जेठ महिनामा‘‘PEAK OF SUCCESS 2023’’  अवार्ड प्राप्त गर्न सफल भएको थियो । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस