Nirvik Khabar

हस्पिटालिटी म्यानेजमेन्ट र साइबर सेक्युरिटी पढ्न फोर्ब्स कलेज प्रति विद्यार्थीको आकर्षण बढ्दो

चितवन –भरतपुर २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले बि.एच.एम तथा साइबर सेक्युरिटी क्षेत्रमा अध्ययन गर्न चाहने १२ कक्षा को परिक्षा दिएर बसिरहेका विध्यार्थीहरुलाई निशुल्क तालिम सञ्चालन गरेको छ । बि.एच.एम तथा साइबर सेक्युरिटी क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले सो निशुल्क कक्षामा सहभागी हुन सक्ने छन ।

२०७४ सालमा काठमान्डौं उपत्यका बाहिर चितवनमा स्थापना भएको कलेजले ब्याचलर अफ म्यानेजमेन्ट (हस्पिटालिटी ) र ब्याचलर अफ कम्प्युटर साइन्स ( नेटवर्क टेक्नोलोजी एण्ड साइवर सेक्युरेटी ) ४ वर्षे कार्यक्रम पढाउदै आएको छ ।
यूनिभर्सिटी अफ कम्प्युटर साइन्सेस एण्ड स्किल्स, लड्ज, पोल्याण्ड बाट सम्बन्धन प्राप्त र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय बाट स्वीकृत यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गर्ने छन ।कलेजले बिद्यार्थीको भबिष्यलाई सिकाई र अनुभब सगैं, कमाईको अबधारणा सहितको शिक्षामा जोड दिएको कलेजका प्रिन्सिपल हरि शरण पाठकले जानकारी दिनुभयो ।

होटल र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गराउन कलेज तयार रहेको पाठकको भनाई छ । कलेजले विद्यार्थीहरुलाई देश तथा विदेशका विभिन्न होटेल तथा आइटी कम्पनीमा पेड इण्टर्नसिप समेत गराउदै आएको छ । स्तरीय प्रयोगात्मक ल्याब सहित अध्यापन गराईने कलेजमा बिद्यार्थीलाई उद्योग संग जोड्नका लागी थप अतिरिक्त कक्षाहरु समेत सञ्चालन  गरिएकाे पाठकले बताउनुभयो ।

उहाँले काठमान्डौं बाहिर प्रोफेसनल सर्टिफिकेसन कोर्स गराउन CISCO Network Academy र EC Council Academia काठमाडौं बाहिर चितवनको फोर्ब्स कलेजमा मात्रै रहेको उहाँको भनाई छ । पाठकका अुनसार हालसम्म ४० भन्दा बढी विद्यार्थीहरुले CCNA, CEH, CND, Microsoft Azure जस्ता प्रोफेसनल सर्टिफिकेट प्राप्त गरेका र सो कोर्षहरू पढ्दै गर्दा यति धेरै प्रोफेसनल सर्टिफिकेसन गराउने नेपालकै पहिलो कलेज रहेको दाबी गर्नुभयो । साथै साइबर सेक्युरीटी पढाई गर्ने काठमाडौं बाहिर फोर्ब्स कलेज एक मात्र कलेज रहेको प्राचार्य पाठकले बताउनु भयो।

हालैमात्र कक्षा १२ को परिक्षा दिएर बसेका सयौं बिद्यार्थीहरुले कलेजमा सातौं ब्याचमा भर्ना हुनका लागी कुरिरहेको कलेजका सहायक प्राचार्य ई. दिवस मैनालीले बताउनु भयो ।कलेजले व्यवहारमा आधारित कार्यक्रम सञ्चालन गर्नुका साथै अतिरिक्त कोर्स पनि गराइरहेकोले विध्यार्थीहरुले राम्रो रोजगारी अवसर पाएका कारण विध्यार्थीहरुको कलेजमा आकर्षण बढिरहेको मैनालीले बताउनु भयो। यहाँ २ सय ५० बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । इन्टर्नमा गएका विद्यार्थीलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको र विभिन्न स्थानमा जागिरको अवसर पनि मिलेको उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस