Nirvik Khabar

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ– संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा सांसद गोकुल प्रसाद बाँस्कोटा र प्रेम सुवालले सहरी विकास मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।यस्तै, सांसद सूर्यबहादुर थापा, स्वर्णिम वाग्ले, प्रभु शाहले अर्थ मन्त्रालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available