Skip to main content

Nirvik Khabar

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Advertisements
Single Page Long - 2

अस्ट्रेलीया अमेरीका आजकाल सबैको सपनाको देश बनेको छ। कसरी हुन्छ सबैलाई अस्ट्रेलीया अमेरीका जानु छ। सके आफै नसके कसैको साथ लागेर। जसरी हुन्छ बस् अस्ट्रेलीया अमेरीका जानु छ। समुन्द्रतटमा गएर टिकटक बनाउनु छ। ओपेरा हाउस र हार्बर ब्रिजलाई बिचमा पारेर फोटो फेसबुकमा हाल्नु छ बस् दुनीयाँलाई देखाउनु छ।

अस्ट्रेलीया अमेरीका भन्दैमा सुन फल्दैन। पैसाको बोट पनि यता छैन।अनि दुई चार दिनमै नेपालमा बसेर सोचेको जस्तो डलर झर्दैन। अस्ट्रेलीया गएको केटो भन्दैमा जिन्दगी सेटल भयो अव त छोरीलाई हाइसन्चो गरेर पाल्छ भन्ने प्राय सवैका अभिभावकहरुलाई हुन्छ। त्यहि सोचाईमा केही नबुझी हामी राजी छौ आजबाट छोरी तपाईकी भई मारे पाप पाले पुन्य भनेर टीका लाएर दिने पनि धेरै छन्। जुन तपाईले नेपालबाट सोच्नु भएको छ त्यस्तो हराभरा पैसै पैसा भने पक्कै छैन।

आजकाल दैनीक जसो डिभोर्षको लागी वकील चाहियो, फलानो बिस्तारै परिबर्तन भयो या भईन्, पैसा लगानी गरेर बिस्वासमा पठाएको अहिले सम्पर्कमा छैन, पैसा जति सबै खाइदिई या खाइदियो, लगानी सबै डुव्यो, धोका दिएर अर्कै ठाँउ गएकी छ, सपना यस्तो थियो बिचमै धोका दियो या दिई जस्ता यावत कुरा यहि सामाजिक सन्जालमा छताछुल्ल भएर पोखीएका हुन्छन्।

डिभोर्षकै मात्र कुरा गर्ने हो भने पनि यति धेरै डिभोर्षका घटना सुनीएका छन् की बालबच्चा भएर घरघडेरी किनेर सेटल भएकाहरुको पनि डिभोर्ष उत्तीकै मात्रामा बढेको देखिन्छ।

भर्खर जुँघाका रेखी बसेका भाईहरु केही समय रिलेसनसिपमा बस्छन्। त्यसै परे बिवाहा गरे जस्तो नाटक गर्छन् अनि आफ्नो स्वार्थ पुरा भए पछि चाहे केटाले वा केटीले धोका दिन्छन्। अनि छुट्टीएर बस्छन्।क्यारीयर बनाउन छोडेर बिचमै बरालिन थाल्छन्। न त घरकानै हुन्छन् न नै घाटका।

कति सजिलो भयो भन्न आई एम नट ह्याप्पी विथ यु आजकाल। अस्ती डेट, हिजो भेट आज मेट भोली हेट।क्या चलेको छ यो फेसन्। ठूलो सपना बोकेर त आउँदै नआउँदा पनि हुन्छ। रातारात मालामाल हुन्छु। टन्नै पैसा कमाउँछु भन्ने दिवा सपना बोकेर नआउनु होस्। 

एउटा सामान्य सपना बोकेर आउनु होस्।आफ्नो गन्तब्य र लक्ष्य के हो, त्यसलाई दिमागमा राख्नु होस्। पढिन्जेल टन्न पैसा कमाउछु भन्ने कुरा बिर्सिदीनु होस्।

म किन बिदेश जाँदै छु। मैले कुन कुरा पढ्दा भोली मलाई आफ्नो रहरको काम गक्न सहज हुन्छ। भोली इस्थाईमा रुपमा त्यो ठाँउमा बस्ने सोचआयो भने मैले पढेको बिषय कतिको उपयुक्त छ। त्यो बुझ्नु होस्।कसैको लहैलहै वा बहकाउमा लागेर अरुको आफुले निर्णय नलीनु होस्।भोग्ने, दुख पाउने, हन्डर खाने तपाईले हो। अरुले पक्कै होइन।भोली तपाईको बिग्रीए बस् कठैबरा भनेन एकछिन मुख सानो मात्र बनाउँछन्। दुख त बस् तपाईले पाउने हो।

आफ्नो हैसीयत पनि हेर्नु होस्। म सक्छु की सक्दिन। के त्यति फी मैले जोगाउन सक्छु की सक्दिन। के मेरो परिवारले भोलीका दिनमा केही परे मलाई त्यो सहयोग गर्न सक्छन् की सक्दैनन्।एउटा माघले पक्कै जाडो जाँदैन।  फेरी पनि भन्छु बिदेश जानु मात्र ठुलो कुरा पक्कै होइन। त्यहाँ गएर तपाई आफुलाई चलायामान बनाउन सक्नु हुन्छकी हुन्न त्यसले खास महत्व लाग्छ।

अरुको देखासिकी गरेर, अरुको प्रगती देखेर अनि अरुको कुरामा लागेर निर्णय नलिएकै बेश। 

एकचोटि जान पाए हुन्थ्यो। एकचोटि देख्न पाए कति राम्रो हुन्थ्यो। भिसा लागे म गइहाल्थेँ भनेर बस्नेहरू धेरै छन्। तर, विडाम्बना के हो भने गएर म के गर्छु। मेरो हैसीयत के छ। भोलीका दिनमा के कस्ता समस्याहरु आउन सक्छन्। के म ती समस्याहरु सँग जुध्न तयार छु।यीकुराहरुको खासै वास्ता गर्दैनन्। अनि बिस्तारै शुरु हुन्छ तनाव, चिन्ता, मानसिक पिडा। जस्तो नेपाल हुँदा सोचीएको थियो त्यो अनुरुप नपाए पछि बिस्तारै हतासको स्थिती बझ्दै जान्छ। आफुलाई सम्हाल्न गार्हो हुन्छ। अनि सुनिन्छन् अप्रीए समाचार। 

बुझेर, सम्हालिएर अनि एउटा लक्ष्य बोकेर त्यहि लक्ष्यलाई बोध गर्दै त्यहि अनुसार आफ्ना पाइला चाल्दै गए सुनौलो छ परदेश। अरुको देखासिकी,बहकाउ, अनि जसले जे भन्यो हो हो हो भन्दै हिडे अभिसाप पनि हुन सक्छ विदेश।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस