काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । बिहीबारमात्रै ४२ जना संक्रमित थपिएका छन् ।तीन सय जनाको पीसीआर परीक्षणबाट ३७ तथा ६१५ एन्टिजेन परीक्षणबाट ५ संक्रमित पाइएका हुन् ।
पीसीआरबाट संक्रमित पाइने संख्या परीक्षणको १२.३४ प्रतिशत हो । यो संख्या निकै नै बढी हो ।मन्त्रालयले रुघा, खोकी, ज्वरो आएमा तत्काल परीक्षण गराई सावधानीपूर्वक ख्याल गर्न आग्रह गरेको छ । मन्त्रालयले लापरबाही नगर्न आग्रहसमेत गरेको छ ।
बिहीबार १७ जना संक्रमणमुक्त भएका छन् । ४१ हजार ४०९ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमित बढेर १२३ पुगिसकेका छन् ।भारतमा पनि कोरोना तीव्र गतिमा बढेको छ । जसको असर नेपालमा परेको छ । खुला सीमाका कारण अहिले नेपालमा भारतबाट आउनेहरु धेरैमा देखिएको छ ।
Discussion about this post