काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले डीएलएस पद्धतिमा यूएईलाई ९ रनले हरायो ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा ९ रनले आफ्नो पक्षमा जित निकाल्न सफल भयो ।
यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनाउँदा उनलाई धक्का लाग्न पुग्यो । उक्त स्लोओभर नै नेपालका लागि बरदान सावित भयो । यूएईले गरेको ४२ औँ स्लोओभरको बलिङमा नेपालका लागि गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो । त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले जित निकालेको घोषणा गरेका थिए ।
यूएईले गरेको स्लो ओभरमा नेपालले बनाएका रनहरु
- ४१ औं ओभरमा नेपालले ६
- ४२ औं ओभरमा नेपालले २०
- ४३ औं ओभरमा नेपालले ६
- ४४ औं ओभरमा नेपालले ८
- नेपालले चार ओभरमा ४० रन बनायो ।
Discussion about this post