Skip to main content

Nirvik Khabar

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

Advertisements
Single Page Long - 2

पाल्पा : पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्।बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किएको हो। ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको स्थानीय पत्रकार दयाराज न्यौपानेले बताए।

घाइतेको अवस्था सामान्य छ। न्यौपानेका अनुसार घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ। घरमा भने क्षति पुगेको छ।स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ। खाना पकाउने क्रममा एक्कासी ग्यास पड्किएको हो।घटनालगत्तै प्रहरीलाई खबर गरिएको पत्रकार न्यौपानेले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस