Skip to main content

Nirvik Khabar

रवि लामिछानेको मुद्दामा सर्वोच्चको ठहर– विदेशी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः समाप्त

Advertisements
Single Page Long - 2

काठमाडौँ । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ । अदालतले फैसलामा विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता स्वतः समाप्त भएको ठहरिने उल्लेख छ ।

फैसलामा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः समाप्त हुन्छ । तर पुनः प्राप्तिको अधिकार यथावत् रहेको कारण यो अवस्थालाई निजको नेपालको नागरिकता पूर्ण रूपमा निष्क्रिय भएको अर्थमा लिन मिल्ने भने देखिँदैन ।’

अदालतले ‘एकै साथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नुपर्ने’ अपवाद अवस्थामा बाहेक प्रचलित कानुनले एकैसाथ दोहोरो नागरिकता कायम रहने अवधारणालाई स्वीकार नगर्ने पनि प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस