Nirvik Khabar

ढकमक सुर्यमुखि, टिकटक बनाउने र फाेटाे खिच्नेकाे भिड (फोटो फिचर)

चितवनको भरतपुर-१५ श्रीपुरमा ढकमक सुर्यमुखि फुल फुलि रहेकाे छ। भने फुलमा टिकटक बनाउने र फाेटाे खिच्नेकाे भिड लाग्ने गरेकाे छ। तेलहन बालीअन्तर्गत चन्द्र प्रसाद अधिकारी, मोहन सिंह गुरुङ, चेकमान वाइबा र महेन्द्र प्रसाद पौडेल चार किसानको अगुवाइमा २ बिघा १२ कठ्ठामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनु भयाे।

सामूहिकरुपमा गरिएको प्राङ्गारिक सूर्यमुखी खेतीलाई कृषि ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा गरेर १ लाख ५१ हजार रुपैया भन्दा बढीको सहयोग समेत गरेको उहाँले बताउनुभएको छ । ज्ञान केन्द्रले गरेको सहयोग र चार जना किसानको गरेर ५ लाख रुपैया लगानी लगाएर गरिएको सूर्यमुखी खेतीबाट ६ लाख ५० हजार आम्दानी गर्ने कृषककाे उदेश्य रहेकाे छ।

सुर्यमुखिकाे तेल फुल बेचेर त आम्दानी हुन्छ नै टिकटक भिडियाे बनाउन आउने र फाेटाे खिच्न आउनेलाई १०० रुपैयाँ टिकट राखिएको छ। त्यसबाट नि राम्रो आम्दानी हुने अधिकारीले बताउनुभयाे। सुर्यमुखि फुलखेतिमा दैनिक २/३ सय जनाकाे उपस्थिति हुने गरेकाे छ। त्यसैले टिकटक बनाउन आउने र फाेटाे खिच्न आउनेलाई राम्रो फाेटाे भिडियो आओस् भनेर बिचबिचमा मच्याङ समेत बनाइदिएको उहाँले बताउनुभएको छ।

 

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस