Nirvik Khabar

एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित

received_2129529764081875

काठमाडौं – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नान्टेसमाथि ४–२ ले जीत हासिल गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो ।
३१ औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए । लगतै ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को जित दिलाए । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस