Nirvik Khabar

नेपाली यू–१९ क्रिकेट टिम विश्वकपमा

Advertisements
Single Page Long - 2

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिम विश्वकपमा पुगेको छ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई पराजित गरी नेपाल विश्वकपमा पुगेको हो ।

यूएईको अजमानको इडन ग्रार्डेन ओभलमा भएको खेलमा नेपाल ७ रनले विजयी हुँदै प्रतियोगिताको शीर्ष स्थानमा रहेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा टिकट काट्न सफल भएको हो ।

यसअघि सन् २०१६ मा नेपाल विश्वकपमा पुगेको थियो । त्यसयता नेपाल दाेस्रो पटकमात्रै विश्वकपमा पुग्ने अवसर पायो । अर्थात् नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकपमा पुगेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै १९१ रन बनायो ।

कप्तान देव खनालले ८४ बलमा ५१ रन बनाए । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । उत्तम थापा ३६ रन बनाएर आउट भए ।
यूएईका लागि ध्रुव पराशरले ३ तथा हरिस शेट्टी र आयान खानले समान २–२ विकेट लिए ।

जवाफमा यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । इथान कार्ल डिसुजाले ५० रन बनाएको इनिङ्समा नेपालका लागि दिपेश कर्णेलले ५ विकेट लिए । त्यस्तै सुवास भण्डारी र हेमन्त धामीले २–२ विकेट लिए ।

६ टिम सहभागी प्रतियोगितामा नेपाल सबै खेल जितेर शीर्ष स्थानमा रहँदै विश्वकपमा छानिएको हो ।

सन् २०१६ मा नेपाल सन् २०१५ को आईसीसी यू–१९ विश्वकप क्वालिफायर च्याम्पियन बनेर विश्वकप खेल्न पुगेको थियो ।

बंगलादेशमा भएको उक्त विश्वकपमा नेपालले सनसनी मच्याएको थियो । नेपालले समूह चरणमा आयरल्याण्डलाई आठ विकेटले हराएको थियो ।

न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो । त्यस्तै भारतसँग ७ विकेटले पराजित भएर दोस्रो स्थान हासिल गरेको थियो ।

नेपाल सुपर लिग क्वार्टरफाइनलमा भने नेपाल बंगलादेशसँग पराजय बेहोर्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस