Nirvik Khabar

सन्दीपलाई विदेश जान अनुमति दियो सर्वोच्चले

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान फुकुवा गरेको छ । अदालतले धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित उनलाई विदेश जान लगाएको रोक फुकुवा गरेको हो ।

यसअघि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा सन्दीपलाई थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन निवेदन दिएको थियो । त्यस्तै गत बिहीबार विदेश जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा निवेदन दिएका थिए ।अहिले नेपाली क्रिकेट टिम विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक क्रिकेट खेल्न यूएईमा रहेको छ । उक्त टिममा सन्दीप सहभागी छैनन् । सन्दीप बिना नै नेपाली टिमले आज भएको खेलमा पपुवा न्यूगिनीलाई हराएको छ ।

माथिका दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो ।

सर्वोच्च अदालतको आदेशमा ‘विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू’ भनिएको छ ।नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई गत पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने आदेश गर्दैै विदेश जान भने रोकेको थियो ।उनलाई जिल्ला अदालत काठमाडौंले कार्तिक १८ गते थुनामा राख्ने आदेश गरेको थियो । उनीविरुद्ध गत भदौ २१ गते रिट निवेदन परेको थियो । तर विदेशबाट भने उनी असोज २० गतेमात्र फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस