Nirvik Khabar

जनयुद्ध दिवसमा आज सार्वजनिक बिदा

Advertisements
Single Page Long - 2

काठमाडौं – जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेको हो।

सरकारले जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको यो पहिलो पल्ट हो। पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा यस्तो सार्बजनिक बिदा दिइएको हो।

वि.सं. २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद् दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएको हुदाँ सबन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरेको हो। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजिनक बिदा दिन निर्णय गरिसकेका थिए। सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हप्ता दिनमा नै संघीय सरकारले संघीय सरकारले तोकेको बिदाबाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस