Nirvik Khabar

भर्सेला परोस् उमेर सुमेर

निर्भीक खबर
निर्भीक खबर

घर जस्तो होस्
त्यसको एउटा कुनामा
मन खोलेर हाँस्ने ठाउँ राख्नुस्

सूर्य जति टाढा भए पनि
त्यसलाई घरभित्र छिर्ने बाटो दिनुस्

कहिलेकाहिँ छतमा उक्लिएर
तारा अवश्य गन्नुस्
सक्नुहुन्छ भने हातले
चन्द्रमा छुने प्रयास गर्नुस्

मान्छेहरू चाहिन्छन् भने
घरनजिक छिमेक अवश्य राख्नुहोस्

बर्खामा भिज्न दिनुस्
खेल्न दिनुस्
सक्नुहुन्छ भने बच्चाहरूलाई
एउटा कागजको डुंगा बनाएर दिनुस्

फुर्सद छ, आकाश सफा छ भने
चंगा उडाउनुस्
साथीहरूसँग चंगा चैट गर्नुस्

घरअगाडि एउटा रूख राख्नुस्
त्यसमा बसेका चराको
चिरबिर अवश्य सुन्नुस्

घर जस्तोसुकै भए पनि
त्यसको एउटा कुनामा
दिल खोलेर हाँस्ने ठाउँ राख्नुस्

जहाँ गए पनि
मीठो हलचल मच्चाउनुस्

उमेरको हरेक अवस्था आनन्ददायक छ
आफ्नो उमेरको मजा लिनुस्

हाँसिराख्नुस्
अनुहारमा निराशा किन
समय त बितिरहेको नै छ
भर्सेला परोस् उमेर सुमेर । (हिन्दी कविताबाट अनुवाद)

(भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको जीवन अत्यन्त सरल थियो ।)

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available