Nirvik Khabar

यती एयरलाइन्स दुर्घटना जाँच आयोगको पहिलो रिपोर्ट सार्वजनिक, मुख्य कारण इन्जिनको समस्या

काठमाडौं– माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना बारेमा जाँचबुझ गर्न गठन भएको दुर्घटना जाँच आयोगले पहिलो रिपोर्ट सार्वजनिक गरेको छ।

चालक दलका सदस्यसहित ७२ जनाले ज्यान गुमाएको उक्त दुर्घटनाको फ्‍लाइट डाटा रेकर्ड र ककपिट भ्वाइस डाटा रेकर्डहरुको विश्लेषण सार्वजनिक गरेको हो।

सरकारले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो। उक्त जहाजको दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको जाँच आयोगको प्रतिवेदनमा भनिएको छ।

आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने बताएको छ। जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज दुर्घटनाको मुख्य कारण इन्जिनमा देखिएको समस्या हो।

Yati-air-crash-jach-aayog1675689006.png

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस