Nirvik Khabar

प्रचण्डलाई भेट्न रवि पुगे बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका हुन् ।

आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् । प्रधानमन्त्रीलाई गृहमन्त्रीबारे निर्णय गर्न दिएको दुई दिनको अल्टिमेटम सकिएका बेला उनी बालुवाटार पुगेका हुन् ।

गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक पनि आइबार नै बस्दैछ ।

साथै आइतबार नै सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन पनि गर्दै छन् । यसअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनी बालुवाटार पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस