काठमाडौं । बेनफिकाले एन्जो फर्नान्डेजलाई गत जुनमा ८८ लाख पाउण्डमा अनुबन्ध गरेको थियो । अर्जेन्टिनी क्लब लिभर प्लेटबाट पोर्चुगिज क्लब बेनफिकामा पुगेको ७ महिनामै उनले क्लब छाडेका छन् ।
बेनफिकाले खर्च गरेको भन्दा १० गुणा भन्दा पनि बढी रकममा उनी अब चेल्सीमा अनुबन्ध भएका छन् । विश्वकप विजेता एन्जो प्रिमियर लिगकै कीर्तिमानी रकममा अनुबन्ध भएका छन् ।
१० महिनाअघि डिपेन्सा वाई जस्टिकामा लोन पूरा गरेर उनी रिभर प्लेट फर्केका थिए ।
हामीले यो प्रश्न पहिला पनि सुनेका छौं । खासै चर्चा नभएको खेलाडी विश्वकपमा गरेको प्रदर्शनको सहायताले ठूलो रकम पाउन सफल भए ।एन्जो फर्नान्डेजले गत सेप्टेम्बरमा होन्डुरोस विरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान छिर्नुअघि सिनियर टिमबाट खेलेका समेत थिएनन् ।
गत नोभेम्बर-डिसेम्बरमा भएको विश्वकपमा अर्जेन्टिनाका लागि समूहको अन्तिम खेल अघिसम्म उनले राष्ट्रिय टिममा पहिलो रोजाईँमा खेलेका थिएनन् ।
तर त्यसपछि भने उनले हरेक खेलमा पहिलो रोजाइमै अवसर पाए । कतारमा उनको रेकर्ड यस्तो थियो- एक गोल, एक असिस्ट । अनि उपलब्धि थियो- विश्वकप ट्रफी र योङ प्लेअर अफ दि टुर्नामेन्ट अवार्ड ।कतारको यही उपलब्धीले उनीमाथि इंग्लिस क्लबले कीर्तिमानी रकम खर्चियो ।
समरमा वुल्फ फ्रनान्डेजलाई अनुबन्ध नजिक पुगेको थियो । तर उनी १० मिलियन युरोमा बेनफिका पुगे । जसमा रिभर प्लेटले बुद्धिमानीपूर्वक एन्जोको अर्को ट्रान्सफर फिको २५ प्रतिशत अधिकार आफूमै राखेको थियो ।
यो सहमति जुनमा घोषणा भएको थियो । तर त्यतिबेला कोपा लिबरटाडोरस जसलाई साउथ अमेरिकाको च्याम्पियनस लिग भनिन्छ, त्योपछि मात्रै उनी बेनफिकामा आबद्ध हुने सोचिएको थियो ।
यदी रिभर प्लेट कोपा लिबरटाडोरसको फाइनलसम्म पुगेमा अक्टोबरसम्म क्बलमै बस्नुपर्ने थियो र यसको अर्थ उनी बेनफिका जान जनवरीसम्म कुर्नुपर्थ्यो । त्यसो भएको भए उनले अहिलेसम्म बेनफिकाका लागि सायदै खेलेका हुन्थे ।
तर सम्झौताको केही दिनपछि नै भेलेज सार्सफिल्डले रिभरलाई अन्तिम १६ मै हराएर बेनफिकाका लागि फाइदा हुने काम गरिदियो ।त्यसको केही सातापछि नै एन्जोले बेनफिकाका लागि डेब्यु गरे । च्याम्पियन्स लिग क्वालिफायरमा मिट्जिल्याण्ड विरुद्ध गोल गरे । दोस्रो लेगमा फेरि उनले गोल गरे । त्यसपछि उनले पछाडि फर्कनुपरेन ।
एन्जो फर्नान्डेजले युरोपियन फुटबलमा २९ खेलमा ४ गोल गर्नुका साथै ७ असिस्ट गरे । तर यसले बक्स टु बक्स मिडफिल्डरको खेलको थोरै मात्र कथा भन्छ ।च्याम्पियन्स लिगमा फर्नान्डेजको १९ ट्याकल भन्दा बढी ट्याकल गर्ने चार मिडफिल्डर मात्र छन् ।उनले पोर्चुगलले शीर्ष लिगमा सबैभन्दा धेरै २८६ पास पूरा गरेका छन् ।
प्रिमिएरा लिगामा सेन्ट्रल मिडफिल्डरमध्ये बल क्यारी गर्नेमा एन्जो शीर्ष स्थानमा छन् । संख्या र दूरी दुवैतर्फ ।युरोपका शीर्ष ६ लिगमा एक हजार वा धेरै मिनेट खेल्ने खेलाडीमध्ये एन्जो भन्दा ब्रागाका रिकार्डो होर्ता र नापोलीका खभिचा केभारात्स्केलियाले मात्र ९० मिनेटमा धेरै सट राखेका छन् ।
यही महिनाको सुरुमा पोर्चुगिज फुटबल पडकास्टर जाच लोएले भनेका छन्, ‘ बेन्फिकाका लागि फर्नान्डेज कत्तिको राम्रा छन् भनेर अनुमान गर्न गाह्रो छ’, उनले भनेका छन्, ‘उनीसँग साँच्चै पूर्ण कौशलता छ । उनी फ्लोरेन्टिनो लुइससँग डबल पिभोटमा खेलिरहेका छन्, जससँग धेरै डिफेन्सिभ प्रोफाइल छ, र उनीसँग एक गहिरो-प्लेमेकर र बक्स-टु-बक्स मिडफिल्डरको मिश्रण छ ।’
‘उनीसँग भएको एउटा त्रुटि भनेको उसको ट्याकलमा अलिकति हतार हुनु हो । उसले आफूलाई चाँडै बुक गर्न सक्छ (कार्ड पाउन सक्छ) त्यसैले उसलाई समायोजन गर्न आवश्यक पर्दछ ।’
फर्नान्डेजलाई आफ्नो २९ खेलमा सात पहेँलो कार्ड देखाइएको छ र च्याम्पियन्स लिगको अन्तिम समूह खेलमा निलम्बन गरिएको थियो ।
जारी सिजनअघि कस्तो थियो उनको प्रदर्शन ?
एन्जो फर्नान्डेज ६ वर्षको हुँदा रिभर प्लेटको एकेडेमीमा आबद्ध भएका थिए । उनले २०१९ मा क्लबका लागि डेब्यु गरे ।उनले एन सिजन रिभर प्लेटको राइभल डिपेन्सा वाई जस्टिका लोनमा बिताए । उक्त क्लको प्रशिक्षक चेल्सीका पूर्व स्ट्राइकर समेत रहेका हर्नान क्रेस्पो थिए । त्यहाँ एन्जोले ३२ खेल खेल्दै एक गोल गरे ।
त्यस सिजन जस्टिकाले इतिहासमै दुई ठूला ट्रफी कोपा सुडेमरिकाना र रेकोपा सुडामेरिकाना जित्यो । यसलाई साउथ अमेरिकन भर्सनको युरोपा लिग र सुपर कप भनिन्छ ।उनी २०२१ को समरमा रिभर प्लेट फर्किए । जहाँ ५३ खेलमा १२ गोल र १० असिस्ट गरेर उनले एक वर्षपछि क्लब छाडे ।
रिभर प्लेट इन इंग्लिस ट्वीटर एकान्ट चलाउने टम नासले भने, ‘रिभर प्लेटका लागि उनी क्लास थिए । २०२१ को लिगको उपाधि जित्ने ठूलो कारण उनको फर्म थियो । यो स्पष्ट थियो कि उनी २०२२ को शुरुवातमा उनी अन्तर्राष्ट्रिय खेल खेलाडी बन्ने थिए ।’
ब्यूनर्स आयर्स क्लबले पनि २५ प्रतिशत बिक्री सम्झौता यति राम्रोसँग जान्छ भनेर कल्पना गरेको थिएन ।
‘शुल्क र समय अचम्मको कुरा हो, तर नियमित च्याम्पियन्स लिगको प्रतियोगितामा उनको स्थानान्तरण अपेक्षित थियो,’ नासले भने ।
जुन महिनामा लिभरपुल वा चेल्सीले ६०-७० मिलियन पाउण्ड खर्च गर्ने अपेक्षा गरिएको नासले बताए । तर चेल्सीले गरेको खर्च अचम्मको रहेको उनले बताए । ‘उनीहरु समरमा एन्जोको लागि लडाईँ गर्न चाहन्छन् र त्यो प्रिमियम तिर्न इच्छुक छन् ।’
‘रिभर प्लेटले २५ प्रतिशत अधिकारको लागि राम्रो वार्ता गर्यो । त्यसैले उनीहरूले उसलाई गत वर्षको क्लज भन्दा कममा छोड्न दिए’, नासले भने ।
अर्जेन्टिना र पोर्चुगिज सिजनको समय फरक रहेकोले फर्नान्डेजले एक वर्षभन्दा बढी समयदेखि लगातार खेलेका छन् ।
चेल्सी अहिले लिगमा १०औं स्थानमा छ ।
एक ‘पूर्ण बेकार‘ शुल्क ?
फर्नान्डेजको द्रुत वृद्धि र ठूलो शुल्क नि:सन्देश छानबिनमा आउनेछ, त्यसोभए के उसले पैसाको लायक प्रमाणित गर्नेछ?
‘एन्जो फर्नान्डेजले विश्वकपमा अर्जेन्टिनाको पहिलो रोजाईँमा पनि सुरु गर्न सकेनन्,’ युरोपेली फुटबल पत्रकार जेम्स होर्नकासलले युरो लिग पोडकास्टलाई भने । ‘एउटा चाखलाग्दो कुरा के हो भने अर्जेन्टिनाले आफ्नो पहिलो तीन खेलमा तीन फरक मिडफिल्डरहरू प्रयोग गर्यो ।
‘तपाईसँग खेलाडीको न्याय गर्नको लागि यस्तो सानो नमूना आकार छ । यसको मतलब यो होइन कि उनी एक उत्कृष्ट प्रतिभा होइन, तर १२ करोड यूरो भन्दा बढी तिर्ने विचार गर्नु अझै पनि पूर्णतया बेकार हो ।’ जेम्सले भने ।
यद्यपि, फ्रान्सेली पत्रकार जुलियन लरेन्स विश्वास गर्छन् कि मिडफिल्डर अन्ततः चेल्सीको लागि ‘गेम चेन्जर’ बन्न सक्छन् ।
‘मलाई अझै लाग्छ कि उनी आफैंमा गेम चेन्जर हुन सक्दैनन्, उसलाई उनी बाहेक अरु कोही चाहिन्छ,’ उनले थपे, ‘बेनफिकामा उनी डबल पिभोटमा उत्कृष्ट छन् । एन्जो आठ नम्बरभन्दा बढी हुन्, बक्स-टु-बक्स ।’
‘हुनसक्छ उसले आफैंले चेल्सीका लागि त्यति फरक नपार्लान्, तर यदि तपाईंसँग उनको वरिपरि सही खेलाडीहरू छन् भने उनी एक अद्भुत अनुबन्ध हुन सक्छ । यदि तपाईंसँग त्यस्तो प्रकारको पैसा छ भने किन त्यसको लागि नजाने?’
बीबीसीका लागि एमलाइन बेग्लेले लेखेको लेखको भावानुवाद
Discussion about this post