Skip to main content

Nirvik Khabar

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

Advertisements
Single Page Long - 2

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टीको संसदीय दलको नेता बनेका छन् । लोकतान्त्रिक पद्धतिअनुसार परिवर्तनको नारा लिएर चुनावी मैदानमा उत्रिएका महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान सम्पन्न मतगणनामा देउवाले ६४ मत ल्याउँदा गगनले २५ मतमात्रै पाए । प्रतिनिधि सभाका कांग्रेसका सबै ८९ सांसदले मतदान गरेका थिए ।

निर्वाचन समितिले ८ देखि १० बजेसम्मको समय तोकेको भए पनि सभापति देउवा पक्षका सांसदहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदानका लागि मोबाइल लैजान पाउनु पर्ने माग गरेपछि आधा घण्टा ढिला गरी मतदान भएको थियो । तर मतदान भने तोकिएको समयभित्रै सकिएको थियो ।

मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा मतदान समयमै शुरु हुन सकेको थिएन । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुषाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए भने संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए ।

तर देउवा पक्षको बहुमतका कारण नियम विपरीत मोबाइल मतदान स्थलमा लगिएको छ ।योसँगै देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । कांग्रेस संसदीय दलको सबैभन्दा ठूलो दल हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबारभित्रै सरकार गठनका लागि दावेदारी दिन दलहरुलाई आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस